१८ फाल्गुन २०७२, मंगलवार

पोखरा ,फागुन १ – प्रतियोगिताका क्रममा पोखराको फेवातालमा डुबेका सबै ९ प्याराग्लाइडर्सको सकुशल उद्धार गरिएको छ ।

पोखरामा जारी प्रि–वल्र्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको १७ औं संस्करणअन्तर्गत भएको प्रतियोगिताका क्रममा उनीहरु फेवातालमा डुबेका थिए ।

PP2

नेपाल तथा सशस्त्र प्रहरी र सम्बन्धित प्याराग्लाईडर्स कम्पनीका उद्धारकर्मीले उनीहरुको उद्धार गरेका थिए । उनीहरु सबैको अवस्था सामान्य रहेको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतियोगिता चलिरहदा ठूलो हावाहुरी चलेपछि अनियन्त्रित भएर उनीहरु डुबेका थिए ।

पोखरामा ४ दिनयता प्याराग्लाईडिङको प्रि वल्र्डकप चलिरहेको छ । यसअघि हिजो पनि असिनापानी परेका कारण प्रतियोगात्मक उडान भएको थिएन ।

 

LIVE TV