
जिल्ला प्रहरी कार्यालय रुकुमले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि तिन जना अभियुक्तहरुलाई सार्बजनिक गरेको हो । सार्बजनिक हुनेहरुमा रुकुम खोलागाउँ गाविस वडा नं ५ बस्ने २५ बर्षिय याम बहादुर नेपाली, सोहि गाविसकै १६ बर्षिय ज्ञानेन्द्र राना र १५ बर्षिय (नाम परिबर्तित ) प्रेम बहादुर बिक (बिक १६ बर्ष मुनिको रहेका कारण नामथर गोप्य राखिएको) रहेका छन ।
उनीहरुले घटना घटाईएको दिन मृतक शाहको होटलमा बसी मादकपदार्थ (रक्सी) सेवन गरेको र उदारोमा थप रक्सी माग्दा मृतक सुस्मिता शाहले नदिएपछि हत्या सम्मको जघन्य अपराध गरेको खुल्न आएको रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए ।
उनका अनुसार उधारो रक्सी नदिएको झोक सगै मृतक शाहका बुवा मुखिया भई काम गर्ने सिलसिलामा उच्च निचको जातिय भेदभाब गरेको बदला लिन समेत एक्लै जंगलमा दाउरा बोकि आईरहेको मौका छोपि हत्या गरि फालेको अनुसन्धानबाट खुल्न आएको छ ।
घटना पश्चात गरिएका जिल्ला स्तरीय मानअबधिकार तथा महिलाअधिकारबादी संघसंस्थाहरुको प्रतिबेदनले भने कुनै पुष्टि नगरि घटनाहरुलाई रहस्मय भएको मात्रै प्रतिबेदन सार्बजनिक गरिएको थियो । जिल्ला अस्पताल जाजरकोटमा गरिएको पोष्ट मार्टम रिपोर्ट पनि सामुहिक बलात्कार पछि हत्या भएको नै सार्बजनिक भएपछि घटनालाई झन गम्भिर रुपमा हेरिएको थियो ।
माघ ४ गते दाउरा गएकी शाह बेलुका घर नजिकै जंगलको रुखमा बाँधिएको अवस्थामा मृत फेला परेकी थिईन । घटनामा संलग्न ३ जनाले दिएको बयान अनुसार उदारोमा रक्सी नदिएको रिसमा जंगलबाट एक्लै दाउरा बोकी आईरहेकी मृतक शाहलाई घुमाउरो परेको बाटोमा उनकै सलले घाँटी बाँधी घिसारेर हत्या गरेको बताएका छन । बलात्कार पछि हत्या भएको हो या होईन भन्ने बिषयमा भने अझै एकिन रिर्पोट आईनसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
प्रहरीका अनुसार त्यसको चेकजाँचको लागि नेपाल प्रहरीको केन्द्रिय कार्यालयमा नमुना पठाईएको तर अन्तिम रिपोर्ट जिल्लामा आईरहेको छैन । रहस्यमय घटना घटेको लामो समय भैसक्दा पनि हत्याराहरु पक्राउ नपरेको भन्दै जिल्ला स्थित महिला अधिकारकर्मीहरुले बेला बेला आन्दोलन समेत गर्दै आईरहेका थिए ।
महिलाहरुले जिल्ला प्रहरी कार्यालय रुकुममा धर्ना, नाराजुलुस देखि ईलाका प्रहरी कार्यालय चौरजहारी घेराउ समेत गरेका थिए ।