१८ फाल्गुन २०७२, मंगलवार

उदयपुर, जिल्ला प्रहरी कार्यालयले २०३० सालदेखि अदालतले दोषी ठहर गरेको तर फरार भएकाहरुलाई धमाधम पक्रन सुरु गरेको छ ।

हालसम्म दोषी ठहर भएका तर फरार ३६४ दोषीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताउनुभयो ।
अपराधीमध्ये कोही वन मुद्दामा र कोही जबर्जस्ती करणी तथा अंश मुद्दामा अदालतबाट दोषी ठहरिएको प्रहरीले बताएको छ । अन्यको पनि खोजी भइरहेको र उनीहरुलाई धमाधम पक्राउ गर्न प्रहरी सफल भइरहेको जनाइएको छ ।

अदालतले फैसला गरेका कुरा आफूले कार्यान्वयन गराउने कर्तव्य भएकाले फरारलाई खोजी र पक्राउ गर्न प्रहरीले जिल्लामा छुट्टै टोली बनाएर गोप्य ढङ्गले परिचालन गरिरहेको बताइएको छ । रासस

 

LIVE TV