१८ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ-प्रधानमन्त्री केपी  शर्मा  ओलीको  अध्यक्षतामा  आज बसेको मन्त्रिपरिषद्को बैठकले आफू मरेर पनि यात्रुलाई  सफलता पूर्वक बचाउन सफल भएको भन्दै पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई मरणोपरान्त वीरता पदक दिने निर्णय बैठकले गरेको छ ।pilot

यही फागुन १४ गते  शुक्रबार नेपालगन्जबाट जुम्लाका लागि उडेको ९एनएजेबी जहाज कालिकोटको चिलखायाँ–२ मा दुर्घटनाग्रस्त हुदाँ पाइलट २९ वर्षीय दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको घटनास्थलमै मृत्यु भएको थियो l

आफुहरु दुबैको शरीरलाई बलि दिएर सबै यात्रुलाई बचाउन सफल भएको भन्दै बिमान चालक र सहचालकलाई मरणोपरान्त वीरता पदक दिने निर्णय बैठक पछी सरकारका प्रबक्ता शेरधन राईले  जनाउनु भयो l

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV