१८ फाल्गुन २०७२, मंगलवार

जाजरकोट : जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ। बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

chita
हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए। कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासी थापाले हामफालेको बताइएको छ। सती प्रथाको झल्को दिने गरी भएको यो घटनाले जिल्लावासीलाई अचम्मित बनाएको छ।

LIVE TV