१८ फाल्गुन २०७२, मंगलवार

१. विमान दुर्घट्नामा आफू मरेर यात्रु बचाउने दुई पाइलटलाई बीर पदक दिने सरकारी निर्णय, दुबै पाइलटको असाधारण बीरताको राष्ट्रिय सम्मान ।
२. सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेत सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर, झुटा विल भर्पाई बनाई भ्रष्टाचार गरेको अभियोग ।
३. पशुपति क्षेत्रको मृगस्थली वनमा मृगहरुको संख्या बढ्यो, मृगहरुको संख्या बृदि भएसँगै साँघुरो क्षेत्रफलका कारण व्यवस्थापनमा कठिनाई ।

४. पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद पुनः स्थगित, सरकारले बजेट निकासा नगरेको कारण स्थगित गर्नु परेको राष्ट्रिय खेलकुद परिषदको प्रष्टोक्ति ।
५ र, इराकको मोसुल बाँध फुट्ने खतरा बढ्दै गएको अमेरिकी दुतावासको भनाई, टिगरिस नदी आसपासका १५ लाख मानिसको ज्यान जोखिममा ।

LIVE TV