
महिना दिनअघि केही गाविसमा फाट्टफुट् देखा परेको भाइरल ज्वरोका कारण अहिले हजाराैं विरामी भइसकेका छन् ।
मौसम परिवर्तसँगै फैलिएको भाइरलबाट २५ गाविसका चार हजार भन्दा धेरै विरामी रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जयपृथ्वी नगरपालिका लगायत दाँतोला, काँडा, रिलु, मस्टा, भमेनालगायतका गाविसमा प्रकोपा फैलिएको छ । स्वास्थय संस्थामा ओषधि नपाएपछि कोटदेवल गाविसका विरामी सदरमुकाम आएका छन् ।
सदरमुकाम उपचारका लागि आएकी सरिता बोहराले भनिन्, ‘सरकारले स्वास्थ्य चौकीमा पनि औषधि पठाइदिएको भए उपचारकालागि चार घण्टा हिँडेर सदरमुकाम धाउनु पर्दैनथ्यो ।’
गाउँघरका स्वास्थय चौकीमा ओषधि नपाएपछि विरामी विकट गाविसबाट दुई तीन दिन हिँडेर सदरमुकामका स्वास्थ्य संस्था आउने गरेका छन् ।