१८ फाल्गुन २०७२, मंगलवार

एमाओवादीसंग विभाजित भएको दुई वर्षभित्रै थप विभाजन झेलेको नेकपा क्रान्तिकारी माओवादीमा पुनः विवाद बढेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

baidh

एमाओवादीसंग पार्टी एकताको विषयलाई लिएर विवाद बढेको हो।  बैद्य माओवादीमा एमाओवादीसंग एकता गर्ने नपर्ने विषयले दुई लाइन संघर्ष चलेको छ।

 

एकताको विषयले अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलवीच विवाद उत्कर्षमा पुगेको छ।  कतिपयले यही विषयले बैद्य माओवादीमा फेरि विभाजन आउने बताउन थालेका छन्।

 

स्रोतका अनुसार अध्यक्ष बैद्य राजनीतिक कार्यदिशासहितका विषयमा एमाओवादी सच्चिए मात्रै एकता गर्न सकिने पक्षमा छन् भने थापा तत्कालै माओवादी पार्टीहरुवीच निसर्त एकताको पक्षमा छन्।

 

LIVE TV