१८ फाल्गुन २०७२, मंगलवार

अम्वर गुरुङको उपचार खर्च
भारत दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहनु भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । संगीतकार गुरुङलाई स्वास्थ्यमा समस्या आएपछि एक महिना अघि उपचारका लागि मेदान्त अस्पताल लगिएको थियो । उहाँको स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गएको छ ।

th
गुरुङको उपचारमा आर्थिक अभाव हुँदापनि सरकारले ध्यान नदिएको आरोप लागिरहेका बेला हिजो बेलुका बसेको मन्त्रिपरिषद बैठकले उहाँको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । संगीतकार गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित हुनुहुन्छ । नसा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले मेदान्त रिफर गरेको हो । उहाँको उपचारमा झण्डै २० लाख रुपैयाँ लाग्ने अनुमान छ । राष्ट्रिय गानका संगीतकार समेत रहनु भएका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो ।
सन् १९३८ मा भारतको दार्जि्लिङमा जन्मनुभएका गुरुङ नेपाली संगीतमा लामो समयदेखि सक्रिय हुनुन्छ । तर पछिल्लो समय अस्वथताका कारण उहाँको सांगीतिक सक्रियता छैन ।

LIVE TV