१८ फाल्गुन २०७२, मंगलवार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एमडी गरिरहेको दुई चिकित्सकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन् ।

doctor
राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो माग गरेका हुन् ।
गत साता विद्या संस्कार स्कुलको बसले किचेर चिकित्सक सन्दीप सुवेदी र सनि आनन्दको मृत्यु भएको हो । बसका चालकले लाइसेन्स लिएको नौ वर्षको अवधीमा २७ पटक कारबाही भोगेका कुरा बाहिर आइसकेको अवस्थामा उनले दुर्घटना नभई हत्या नै गरेको आफन्तको भनाई छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

LIVE TV