
दिप बहादुर घर्ति , जाजरकोट, थालारैकरमा सोमवार मसानघाटको बल्दै गरेको सलोमा हामफालेर एक जनाको मृत्यु भएको छ । वलिरहेको आगोमै हामफालेका व्यक्तिको जलेरमृत्यू भएको प्रहरीले जनाएको छ ।
हामफालेर मृत्यू हुनेमा थालारैकर ८ का ६० वर्षिय मान बहादुर थापा रहेको प्रहरी नायव उपरिक्षक दान बहादुर मल्लले वताए । कालगतीले मरेका खत्री जातका व्यक्तिको लास सेलाई रहेको अवस्थामा एकासी थापाले हामफालेको वताईएको छ ।
उक्त घटनाको विस्तृत जानकारी आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सति प्रथाको झल्को दिने गरि भएको यो घटनाले जिल्लावासीलाई अच्मित वनाएको छ ।