१७ फाल्गुन २०७२, सोमबार

एजेन्सी । अल्बानियामा राजनीतिक भ्रष्टाचारको पर्दाफाश गर्नको लागि जीजर नामक टिभि च्यानलले अनौठो बुलेटिन सुरु गरेको छ । बुलेटिनमा टपलेस प्रस्तोताले समचार प्रस्तुत गर्दछन् । च्यानलमा धेरै भन्दा धेरै दर्शकहरुलाई तान्नको लागि यस्तो कदम उठाइएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । यसमा महिला प्रस्तोताहरु छाति देखाएर प्रस्तुत हुने गर्दछन् ।

ttt

जीजार टिभिका मालिक इज्मे दृष्टिका अनुसार अल्बानियामा जहा राजनीतिक शक्तिले समाचारलाई फरक पार्छन् । त्यस्तै दर्शकहरुलाई पनि एक यस्तै माध्यम चाहिन्छ जहां समचार पनि यहि प्रकारले नेकेड प्रस्तुत होस् । उनले भने उनि कुनै प्रकारको एडल्ट कन्टेन्ट बेचि रहेका छैनन् । उनका अनुसार यस प्रकार समचारलाई जस्तोको त्यस्तै प्रस्तुत गर्ने प्रयास गरिएको छ। एक किसिमले यो सांकेतिक र प्रचारको लागि गरिएको हो ।

च्यानलले चाडै फ्रेन्च र अंग्रेजीमा पनि यसै प्रकारको बुलेटिन सुरु गर्ने भएको छ । यस नयाँ प्रयोगले प्रस्तोतालाई पनि राहात मिलेको छ । एक यस्तै प्रस्तोता हाक्सहाजका अनुसार उनि पिछल्लो पाँच बर्ष देखि एक स्थानिय च्यानलमा काम गरिरहेकि थिइन् तर कसैले उनलाई नोटिस गरेनन् । यस च्यानलमा उनिले काम गर्न सुरु गरेको तीन महिनामानै उनि स्टार बनिन् । उनलाई यस प्रकारले प्रस्तुत हुदा कुनै पछुतो रहेको छैन।

प्रतिक्रिया दिनुहोस्

LIVE TV