
मोरङ, नेकपा (एमाले) ले यही फागुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभा गर्ने भएको छ ।
एमाले सम्बद्ध मधेसी कार्यकर्ताको सङ्गठन ‘लोकतान्त्रिक मधेसी सङ्गठन’ मोरङको आज सम्पन्न जिल्लास्तरीय भेलाले सभा सम्पन्न गर्न जिल्लाव्यापी रुपमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको सङ्गठनका केन्द्रीय सदस्य एवम् मोरङ अध्यक्ष रामलाल साहले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय सदस्य एवम् कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यमा भएको भेलामा सङ्गठनले पार्टीका हरेक कार्यक्रममा मधेसी समुदायको उपस्थितिलाई बृहत् बनाउन विराटनगर उपमहानगरपालिका, जिल्लास्थित नगरपालिका र सबै गाविसमा अगुवा कार्यकर्ता परिचालन गरी घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ । नयाँ संविधानको कार्यान्वयन र पार्टी कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने उद्देश्यका साथ सञ्चालित तीनमहिने मधेस जागरण अभियानको समापनका अवसरमा शनिबार पूर्वाञ्चलस्तरीय जनसभाको आयोजना हुने भएको हो । रासस