१७ फाल्गुन २०७२, सोमबार

काठमाडौँ,एकसाता अघि त्रिवि शिक्षण अस्पतालमा एमडी गरिरहेका चिकित्सकहरु सन्दीप सुवेदी र सनि आनन्दको ज्यान जाने गरि गराइएको सवारी दुर्घटनाको निष्पक्ष छानविन गरी कारवाहीको माग  गरिएको छ ।

????????????????????????????????????

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडितका आफन्तले सो माग गरेका हुन् ।
चालकले लाइसेन्स लिएको नौ वर्षको अवधिमा २७ पटक कारवाही भोगेको कुरा बाहिर आइसकेको बताउँदै उनीहरुले सो घटना दुर्घटना मात्र नभई हत्यानै भएको पुष्टि भएकोले चालकसहित सो घटनामा संलग्नहरुमाथि छानविन गरी कडा कारवाहीको माग गरेका हुन् ।
आनन्दका ठूलो बुबा समेत नाता पर्ने पाटन अस्पतलाका चिकित्सक डा.भरतकुमार यादवले चालकको अपराधको श्रृंखला बाहिर आइसकेको, सवारी नियम विपरित २७ वर्ष पुरानो सवारी साधन गुडाएको, पर्यटक बोक्न ल्याइएको ट्राभल एजेन्सीको मोटरमा विद्यार्थी ओसारेका विषयहरु बाहिर आएकोले उनलाई कडा कार्वाही हुनुपर्ने बताए । उनले चालक लगायत विद्यालय सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरुमाथि समेत ज्यान मुद्दामा कारवाही हुनु पर्ने माग गरे ।
डा. सुबेदीका आफन्त किशोर खनालले मुलुकलाई सेवा दिन तयार भएका चिकित्सकहरुको मृत्यु साधारण विषय नभएकोले यसको निष्पक्ष छानविन समिति गठन गरेर दोषीको पहिचान गरी हर्दैसम्म सजाय हुनुपर्ने माग गरे । यो घटनाको अनुसन्धान गम्भीरतापूर्वक नगरी आगामी दिनमा यस्ता लापरवाहीको घटनाले कैयौको ज्यान लिन सक्ने सम्भावना समेत उनले औल्याए ।
पत्रकार सम्मेलनमा नेशनल रेसिडेन्ट एसोसिएसनका अध्यक्ष राजेश भुर्तेल लगायतले दोषीमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै आगामी दिनमा यस्तो घटना दोहोरिन नदिने गरी कारवाही हुनु पर्ने माग गरे ।
पत्रकार सम्मेलनमा मृतकका आफन्तहरुले घटनाको निष्पक्ष छानविन गरी चालकसहित सवारी धनी र विद्यालय सञ्चालकमाथि कारवाही, मृतक परिवारलाई क्षतिपूर्तिको समेत माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV