१७ फाल्गुन २०७२, सोमबार

म्याग्दीको दानामा गतहप्ता भएको विमान दुर्घटनाको विषयमा अनुसन्धान गर्न सरकारले गठन गरेको छानविन आयोगले काम सुरु गरेको छ ।आयोगका संयोजक पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको ५ सदस्यीय टोलीले विमान दुर्घटना भएको ठाउँको सोमबार स्थलगत निरीक्षण गरेको छ ।

Chanbin-aayog-ko-toli

एयर डाईनेस्टिकको हेलिकप्टरमा घटनास्थलको निरीक्षण र अध्ययनपछि सोमबार नै पोखरा फर्किएको ईलाका प्रहरी कार्यालय दानाका प्रहरी सहायक निरिक्षक सोमन छन्त्यालले जानकारी दिए । टोलीले घटनास्थलको भौगोलिक वस्तुस्थिति, दुर्घटनाग्रस्त विमानको निरीक्षण र नाचजाँच गरेको छन्त्यालले बताए ।

Chanbin-aayog-ko-toli-2

आचार्यको साथमा यती एयर र नेपाल एयरलाईन्सका दुई जना विमान चालक, एक जना इञ्जिनियर र एक जना विदेशी विज्ञ पनि आएका थिए । फागुन १२ गते बुधबार पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको टुईनअटर विमान म्याग्दीको दाना गाविस–२ सोलीघोप्टीमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो ।

आयोगले विमान दुर्घटनाको कारण पहिचान गरि सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV