१७ फाल्गुन २०७२, सोमबार

काठमाडौँ, केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत कीर्ते तथा ठगी मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।

arest
काठमाडौँ जिल्ला अदालतको विसं २०७२ जेठ १० गतेको फैसलाले दुई वर्ष कैद रु ३० लाख २५ हजार ५० जरिवाना ठहर भएका काठमाडौँ स्वयम्भू बस्ने गौतममान श्रेष्ठ र सोही मुद्दामा तीन वर्ष कैद रु ३० लाख २५ हजार ५० जरिवाना ठहर भएका रौतहट घर भई हाल काठमाडौँ कलङ्की बस्ने अकेला मिया भन्ने अखलाखुर रहमानलाई प्रहरीले पक्राउ गरेको हो ।

ब्युरोबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई आइतबार कलङ्कीबाट र रहमानलाई आज स्वयम्भूबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।

त्यसलगतै अदालतको आदेशले कैद भुक्तानको लागि निजलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको प्रहरीले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV