१७ फाल्गुन २०७२, सोमबार

पाँचथर, खानेपानीको मुहान मर्मत गर्ने विषयमा विवाद हुँदा तेह्रथुमको थोक्लुङ–३ का ३३ वर्षीय रमेश कन्दवाको आज बिहान हत्या भएको छ ।

सो विवादमा ताप्लेजुङ साब्लाखुका ४५ वर्षीय पदम पन्धाकले टाउकोमा खुकुरी प्रहार गरी रमेशको हत्या गरेका हुन् ।

आइतबार बेलुका सङ्क्रान्ति गाविसको मूलपानीस्थित मुहानमा खानेपानीको पाइप मर्मत गर्न जाँदा उनीहरुबीच आपसमा विवाद भएको र पन्धाकले रमेशको टाउकोमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक सुदीपराज भण्डारीले बताउनुभयो ।

घाइते रमेशको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने पन्धाक फरार रहेको र उसको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो । रासस

 

LIVE TV