१७ फाल्गुन २०७२, सोमबार

भक्तपुरबाट काठमाडौंतर्फ तीव्र गतिमा जाँदै गरेको मिनिट्रकको ठक्करले सोमबार दिउँसाे स्कुटर चालक एक महिलाको ज्यान गएको छ ।

भक्तपुरको ६ लेन सडकमार्ग मध्यपुरथिमि नगरपालिका-१५ कौशलटारमा बा २ ख ८९४२ नम्बरको मिनिट्रकले बा ४९ प ८६८५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कूटर चालक लिम्बा-२ पाँचथर घरभई जोरपाटी बस्ने ४९ वर्षकी बबिता लिम्बुको घटनास्थलमै ज्यान गएको हो ।

नुवाकोट चतुराले गाविस घरभएका ३६ वर्षका चालक विष्णुबहादुर श्रेष्ठ र ट्रकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

LIVE TV