१७ फाल्गुन २०७२, सोमबार

काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरिक्षक सनतकुमार बस्नेतसहित सशस्त्रका ७ जना अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

sanat kumar

बस्नेतले महानिरिक्षकको हैसियतमा रहदा मातहतका युनिटमा सामान ढुवानी गर्ने क्रममा ठूलो रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

बस्नेतविरुद्ध ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँ बिगोदाबी गर्दै अख्तियारले मुद्धा दायर गरेको हो ।

बस्नेतले सार्वजनिक खरिद ऐन नियमविपरित ढुवानीसम्बन्धी झुठो विल पेश गर्न लगाएको, सामान ढुवानी गर्न भनी पेश्की लिएका भनिएका कर्मचारीको नाममा पेश्की सोधभर्ना भुक्तानी दिईएको झुठो विवरण तयार पार्न लगाएको लगायत अभियोग छ ।

सोही अभियोगमा सशस्त्र प्रहरी निरिक्षकहरु विनबहादुर थापा, मनुहिरा महत, र शिबबहादुर अधिकारी तथा सशस्त्र प्रहरी नायब निरिक्षकहरु देवेन्द्रकुमार श्रेष्ठ, निलबहादुर श्रेष्ठ र लेखबहादुर खत्रीविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ ।

थापासंग ९ करोड १५ लाख ८१ हजार, महतसंग ७३ लाख २३ हजार, अधिकारीविरुद्ध २३ लाख ५९ हजार, देवेन्द्र विरुद्ध ८३ लाख ८३ हजार र प्रहरी नायब निरिक्षकद्वय निलबहादुर तथा लेख बहादुरविरुद्ध १ करोड ६ लाख २९ हजार रुपैयाँ बिगोदाबी गरिएको छ ।

 

LIVE TV