
मस्को, रसियामा यस बर्षकै खतरनाक दुर्घटनाको रुपमा लिइएको भीषण खानी दुर्घटनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या आइतबारसम्म ३६ पुगेको छ ।
गत बिहीबार उत्तरी रसियाको सेभेनार्या कोइला खानीको ७४८ मीटर गहिराईमा भएको यस दुर्घटानमा यसै दिन चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २६ जना बेपत्ता रहेका थिए ।
बेपत्ता रहेका २६ जनाको पनि शव फेला परेपछि सो सङ्ख्या ३६ पुगेको बताइएको छ । यस दुर्घटनाबाट ८० जना कामदारलाई भने उद्धार गरिएको जनाइएको छ ।
त्यसैगरी आइतबार कोमी क्षेत्रमा नै अवस्थित अर्को एक खानीमा भएको दुर्घटनामा थप छ जनाको मृत्यु भएको थियो ।
आइतबार भएको दुर्घटनाममा पनि करिब २६ जना बेपत्ता रहेका र ती व्यक्तिको पनि बाँच्ने सम्भावना कमैमात्र रहेको प्राविधिक परिषदका विज्ञहरुले जनाएका छन् ।
रसिया र पूर्व सोभियत राष्ट्रहरुमा खानी दुर्घटनामा एक साधारण घटनाको रुपमा रहेको जनाइएको छ । रासस÷एएफपी