१७ फाल्गुन २०७२, सोमबार

विमानभित्र बम भएको हल्लापछि सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द भएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको सिम्रिक एयरको जहाजभित्र बम भएको पर्चा भेटिएपछि विमानस्थलमा उडान अवतरण रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

simrikaimg2
प्राधिकरणका अनुसार आज बिहान काठमाडौबाट उडेको सिम्रिक एयरको जहाज लुक्लामा अवतरण भएपछि सामान राख्ने ठाउँमा ‘जहाजमा बम छ सावधान’ भनेर लेखिएको कागज भेटिएको थियो । त्यो कागज विमानस्थल सुरक्षा गार्डलाई दिइएको र अहिलेसम्म केही नभेटिएको प्राधिकरण स्रोतले जनाएको छ । सिम्रिक एयरमा रहेका यात्रु बाहिर निस्केपछि कसैलाई पनि विमानस्थल छिर्न दिइएको छैन । यसबारे छानबिन भइरहेको प्राधिकरणले जनाएको छ ।

LIVE TV