
वासु शशी स्मृति परिषद्ले यस वर्षको “वासु शशी स्मृति अभिनन्दन–२०७२” वरिष्ठ कवि एवं गीतकार कालीप्रसाद रिजाललाई प्रदान गर्ने भएको छ । यसैगरी परिषद्ले यस बर्षको “वासु शशी स्मृति पुरस्कार–२०७२” साहित्यकार उषा शेरचनलाई प्रदान गर्ने भएको छ ।
परिषदको कार्यसमिति बैठकले अभिनन्दन र पुरस्कारको घोषणा गरेको हो । कवि रिजालका विगत साँढे पाँच दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्यक्षेत्रमा निरन्तर योगदान दिंदै आउनु भएको छ भने साहित्यकार शेरचनले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत तीनदशकदेखि निरन्तर योगदान दिंदै आउनु भएको छ ।
वासु शशी स्मृति पुरस्कारबाट कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु का“चुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा.विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला तीर्थ श्रेष्ठ, कणाद महर्षि पुरस्कृत र वासु शशी स्मृति सम्मानबाट तीर्थराज वन्त, डा.मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’ प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शीव रेग्मी, परशु प्रधान सम्मानित भैसक्नु भएको छ ।
परिषद्का अध्यक्ष कृष्ण जोशीको अध्यक्षतामा बसेको कार्य समितिकोे बैठकले कवि रिजाल र साहित्यकार शेरचनलाई सर्वसम्मतिले उतm पुरस्कार दिने निणर्य गरेको हो । सम्मान वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८० औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले वताउनु भयो ।