१७ फाल्गुन २०७२, सोमबार

१. सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको १ वर्ष बढी भएपनि प्रगति शून्य, पीडितबाट उजुरी आह्वानसम्म गर्न नसकेको आयोग अझै कानून पर्खदै ।
२. आफ्नो भारत भ्रमण निकै फलदायी रहेको प्रधानमन्त्री ओलीको दावी, भारतसंग प्रतिष्पर्धा गर्ने नभई लाभ लिनेतिर सरकारको ध्यान केन्द्रित रहेको प्रष्टोक्ति ।

morning news
३. चालु आर्थिक बर्षको वृद्धिदर न्यून हुने गभर्नर नेपालको भनाई, मधेस आन्दोलन र नाकावन्दीका कारण मुद्रास्फिति दर लक्ष्य अनुरुप नहुने ।

४. आयोजक धरान फुटबल क्लबमाथि रुपन्देही एघारको रवाफ, धरानलाई उस्कै मैदान निराश पार्दै रुपन्देही बुढासुब्बा गोल्डकपको अन्तिम चारमा ।

५ र, इराकको बग्दादमा भएको विस्फोटमा ३१ को मृत्यु, शिया मुसलमान बाहुल क्षेत्र सदर सिटीमा आइएसले गराएको विस्फोटमा ५० जना घाइते ।

LIVE TV