१७ फाल्गुन २०७२, सोमबार

काठमाडौं–नेपाल प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिन सर्वसाधरणले निकै सास्ती पाउने गरेका छन् । प्रहरीले प्हरी रिपोर्ट वितरणलाई व्यवस्थित र सरल बनाउन नसक्दा हरेक महिना हजारौं सर्वसाधरण घन्टौं लाइन बसेर सास्ती भोग्न बाध्य छन् ।
राजधानीमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महाराजगन्जमा हरेक दिन प्रहरी रिपोर्टको फर्म बुझाउन र रिपोर्ट लिन बसेकाको ठूलै लाइन देखिन्छ ।

mangsembungpolicebeatilam
प्रहरीले अनलाइनबार्ट फर्म बुझाउन मिल्ने सिस्टम लागू गर्न खोजे पनि त्यो सफल हुन सकेको छेन् । जसका कारण फर्म बुझाउन –लिन घन्टौं लाइन बस्नुपरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV