१७ फाल्गुन २०७२, सोमबार

काठमाडौं । गत वैशाखको विनाशकारी भूकम्पका कारण नेपालको उत्तरी हिमाली भेगमा नदेखिने गरी गहिरो र फराकिलो क्षेत्रमा जमिन चिरिएको तथ्य विश्वविख्यात बैज्ञानिकले पत्ता लगाएका छन् ।

earth

उनीहरुका अनुसार उत्तरी टेक्टोनिक प्लेटको मुनी सबै भन्दा धेरै पहिरोको घनत्व छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ । जमिनमुनीको कमजोर क्षेत्रमा भूकम्पले हल्लाएको ठुलो क्षेत्र धस्सिएको छ, जहाँ सधै पहिरोको लागि खतारा रहन्छ ।

अमेरीकाको अरिजना पोष्टड्याम विश्वबिद्यालयकका भूगर्भविद्ले भस्उपग्रह तस्बिर र जमिनमुनिको अध्ययन गर्ने आधुनिक प्रविधि प्रयोग गरी तथा जमिनको अवस्था अध्ययन गरेको थिए ।

अध्ययन प्रतिवेदन विश्वविख्यात साइन्स म्यागजिनमा प्रकाशित भएको छ । अध्ययनका अनुसार जमिनमा चिरा नदेखिएका कारण पनि पहाडी तथा हिमाली भेगको भिरालो भाग आगामी दिनका लागि सबैभन्दा धेरै जोखिमपूर्ण छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV