१७ फाल्गुन २०७२, सोमबार

काठमाडौं–‘आफू मरेर गए पनि छोराले साहसिक काम गरेको छ । ऊ सधैं अमर रहनेछ,’ नेपालगन्ज १३ कोरियनपुरस्थित घरमा पाइलट दिनेश न्यौपानेलाई अन्तिम श्रद्वाञ्जली दिइसकेपछि पिता मानदत्तले सबैलाई धैर्य रहन अनुरोध गर्दै भने ।
प्राविधीक गडबडी आएपछि आफ्नो ज्यानको माया मारेर छोराले साहसपूर्वक जहाज अवतरण गराएर सबै यात्रुलाई बचाउन सफल भएकोमा पिता मानदत्त गर्व गर्छन् ।

14250_10153284817133613_5866953222627264335_n
‘जहाजमा गडबडी आइसकेपछि छोराले गर्नुपर्ने सबै विधि अपनाएकै हो, इन्जिन बन्द गरी जहाजलाई आगलागी हुनबाट जोगाएर सबै यात्रुलाई बचाउनु साहसपूर्ण काम हो,’ उनले भने ।
यस्ता साहसिक व्यक्तित्वलाई राज्यले उचित सम्मान दिनुपर्ने आवाज चौतर्फीरुपमा उठिरहेको बेला बुबा मानदत्तले भने, ‘छोरालाई राज्यले कुन किसिमको सम्मान गर्नुपर्ने हो, त्यसबारे राज्यले नै सोच्नुपर्छ । मैले सम्मान मागेर हुँदैन, मलाई यो वा त्यो देऊ भनेर केही भन्दिन ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV