१६ फाल्गुन २०७२, आईतवार

यदि तपाईलाई पिसाव राम्रो संग खुलेर नआउने  अथवा पोल्ने समस्या छ भने त्यसको कारण यौनरोगको संक्रमण,कुनै विष वा कडा औषधिका कारण मृगौला सुन्निनु अथवा पत्थरी भएको पनि हुन सक्छ । तपाईलाई बढी मात्रामा पिसाव पोल्ने समस्या छ भने त्यसको रोकथामका लागि गरिने  घरेलु उपायहरु यस प्रकार रहेका छन्

22222

बोटैमा पाकेको अर्गा्निक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।
गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।
दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।
पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।
हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।
दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV