१६ फाल्गुन २०७२, आईतवार

एक जना मान्छेले पनि कति खानु पर्दछ भन्ने कुरामा मान्छेले गर्ने काम, शरीरको बनावट, वातावरण, परीवेस, उसको अवस्था आदिहरुमा निर्भर गरेको हुन्छ। मानिसको शरीरमा पानी कम भएपछि उसलाई प्यास लाग्छ र त्यसलाई निर्धारण गर्ने काम मस्तिष्कमा स्थित तिर्खा केन्द्रले गर्छ।

kidni

तिर्खा केन्द्रले हामीलाई कहिले र कति मात्रामा पानी खानु पर्छ भनेर बताउछ। त्यहि भएर जहिले सम्म मस्तिष्कले काम गरिरहन्छ, त्यति बेला सम्म पानीको अभावले जटिलता सृजना गर्दैन। पानी धेरै खानाले किडनीको स्वास्थ्य राम्रो रहने भन्ने कुरा पुरा रूपमा साचो भने हैन। जे भएनी पानी बेसी खानाले पिसाबको घनत्व स्वाभाविक नै रहन्छ तर पिसाबको परिमाण भने बढ्ने गर्छ जसले पिसाबमा हुने संक्रमण रोक्ने गर्छ। तर किडनी खराब हुनु पछि अरु थुप्रै कारणहरु भने हुन सक्छ, जस्तै अनियन्त्रित मधुमेह रोग, उच्च रक्तचाप अथवा अटो-इम्युन (auto-immune) रोग, जुन पानी खाएर रोक्न सम्भव छैन।

प्रतिदिन कम्तिमा ४ ग्लास पानी वा तरल आहार खानु राम्रो हो। तर धेरै पसिना आएमा हामीले पानीको परिमाण नि बढाउनु पर्ने हुन्छ। पर्याप्त पानी खाएमा किडनीमा पत्थर हुदैन र किडनीको सामान्य गतिबिधि नि ठिक रहन्छ। मधुमेह, उच्च रक्तचाप, अधिक वजन अथवा परिवारमा कसैलाई किडनी समस्या छ भने किडनी रोग हुने सम्भावना बेसी हुन्छ। जसलाई किडनी रोग हुने सम्भावना बेसी हुन्छ, उहाहरुले नियमित किडनी टेस्ट गर्नु फलदायी हुन्छ। किडनीको अवस्था बेलैमा थाहा पाउनु लाभदायक हुन्छ। मानिसमा कहिले हार मान्ने भनेर सोच्नु हुन्न बरु उसले भित्र देखि नै कुनै पनि कुराको सामना गर्ने आत्मबल बनाउनु पर्दछ, त्यसले उसलाई भित्र बाट नै रोग सग लड्ने दरो बनाउनुका साथै मानसिक चापलाई कम गर्दछ। किडनी साथै शरीरको तलको अंशहरुको सम्पर्क बिशेष छ। परिश्रम र ब्यायामले खुट्टाको मांसपेशिहरु सार्थक बन्छन अनि किडनीलाई अधिक शक्तिशाली बनाउछन।

LIVE TV