१६ फाल्गुन २०७२, आईतवार

काठमाडौँ,कोरियाले इपिएस अन्तर्गतको भाषा परीक्षा असारमै गर्ने प्रस्ताव गरेको छ । नेपालले भदौमा भाषा परीक्षा गर्ने भनी गरेको निर्णयलाइ कोरियाले पुन विचार गरी असारमा नै गर्न प्रस्ताव गरेको हो ।

eps-korea

सन् २०१७ को लागि नेपाली कामदार लिन कोरियाले भाषा परीक्षा असारमा नै गर्नुपर्ने प्रस्ताव नेपाललाई पठाएको शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताएका छन । कोरियाको मानव संशाधन विकास विभाग (एचआरडी) ले नेपालको प्रस्ताव भन्दा दुई महिना अघि नै परीक्षा लिईसक्नुपर्ने भन्दै ईपीएस कोरिया शाखालाई पत्र लेखेको छ ।

कोरियाले जुनसम्म सबै विदेशी कामदार लिने देशमा भाषा परीक्षा लिने नयाँ निर्णय गरेकाले दुई महिना पहिले नै परीक्षा गर्नुपर्ने अबस्था आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV