१६ फाल्गुन २०७२, आईतवार

काठमाडौँ,प्रभानमन्त्री के.पी शर्मा ओलीले आफनो भारत भ्रमण निकै फलदायी रहेको दाबी गर्नुभएको छ । भ्रमणको क्रममा भारतले नेपालको नया नेतृत्वलाई सम्मान गर्न चाहेको आफूले अनुभूति गरेको उहाँको कथन छ ।

pm oli

अन्तराष्ट्रिय चासो केन्द्रले  आइतवार आयोजना गरेको प्रधानमन्त्रीको भारत भ्रमणपछि नया आयाम र नया अभिभारा सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै प्रधानमन्त्री के.पी शर्मा ओलीले भारतले नेपालको संविधानमा खुसी व्यक्त गरेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले जनतामा अहिले भारत प्रति उठेको विरोधी भावनालाई अन्त्य गर्न आफ्नो भ्रमण फलदायी रहेको बताउँदै मिडियामा आएको टिप्पणी गलत रहेको बताउनुभयो । उहाँले भारतसँग कुनै पनि प्रतिस्पर्धा  गर्ने सोच नभएको र प्रतिस्पर्धा गर्नेभन्दा पनि  लाभ लिनेतिर सरकारको ध्यान केन्द्रीत रहेको बताउँनुभयो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले नेपालको संविधान सबैले उत्कृष्ट रहेको टिप्पणी गरिरहँदा मधेशी दलका नेताहरुलाई भने आपत्ति रहनु र संविधान संशोधन गर्दा पनि  अझ उनीहरु रुष्ट हुनुको कारण भने आफूले अझै नबुझेको बताउनुभयो ।

LIVE TV