१६ फाल्गुन २०७२, आईतवार

नेपालगञ्जबाट जुम्लाकोलागि उडेको काष्टमाण्डप एयर कालिकोटमा दुर्घटनाग्रस्त हुँदा निधन भएको पाइलट दिनेश न्यौपानको पार्थिव शरीर दाहसंस्कारकारका लागि आइताबर राप्ती नदीको घाटमा लगिएको छ ।

pppp
नेपालगञ्ज १६ कोरियापुरस्थित पाइलट न्यौपानेको घरमा अन्तिम श्रदाञ्जली दिनको लागि हज्जारौ जनसमुदाय जुटेका थिए ।
हज्जारौको संख्यामा मलामीसहित शवयात्रा निस्किएको छ  । नेपालगञ्जका सबै भित्ताहरु, मलामीका गाडी र मोटरसाइकलहरुमा  ‘साहसी पाइलट दिनेश न्यौपाने अमर रहुन’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।

Dinesh-Neupane-Bidai-1
सोही दुर्घटनामा निधन भएको अर्का को–पाइलट सन्तोष रानाको पनि ठुलो जनसहभागिता सहितको शवयात्रा सहित शनिबार बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उनलाई अन्तिम श्रदाञ्जली दिनको लागि ठुलो संख्यामा सर्वसाधारणहरु पशुपति आर्यघाट पुगेका थिए । को–पाइलट राना एमाले नेता तथा पुर्वमन्त्री दलबहादुर रानाका कान्छा छोरा हुन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV