१६ फाल्गुन २०७२, आईतवार

विराटनगर,नकल्ली नागरिकता लिएको र भारती एजेन्ट तथा मधेस आन्दोलन तुहाउन खोजेको समेतको आरोप खेप्दै आएका सदभावना पार्टीका नेता राजेन्द्र महतोमाथि श्रीमतीलाई मन्त्री बनाउन मधेस आन्दोलन गरेको भन्दै अर्काे आरोप लागेको छ ।

Rajendra-mahato-1

सदभावनाका अध्यक्ष समेत रहेका महतोमाथि श्रीमतीलाई मन्त्री बनाउन मधेसमा पाँच महिनासम्म आन्दोलन गरेको र मन्त्री बनाउन महतोले अहिले प्रधानमन्त्रीसँग खासखुस  गरिरहेको समेत आरोप लागेको छ  ।

युवा संघ नेपालका सचिव एवं पूर्वाञ्चल इन्चार्ज परशुराम बस्नेतले मोरङको रंगेलीमा शनिबार आयोजित संविधान प्रचार प्रसार तथा कार्यकर्ता स्वागत कार्यक्रममा यस्तो  आरोप लगाएका हुन् ।

बस्नेतले मधेसी जनतामाथि शासन गर्न अहिले आन्दोलन भइरहेको बताउदै अगाडी भने –  ‘राजेन्द्र महतोको बुढीलाई मन्त्री बनाउन आन्दोलनमा होमिएका हुन् । यसअघि पटक पटक मन्त्री भएर सम्पत्ति जोडेकै हुन् , श्रीमती डिम्पल झा लाई सांसद बनाएकै हुन्  । अब मन्त्री बनाएर शासन गर्ने योजना  उनको प्रस्टै छ ।’

 

LIVE TV