१६ फाल्गुन २०७२, आईतवार

एजेन्सी । एक समय फिल्म दुनियाँमा एकछत्र राज गरेकी चर्चित अभिनेत्री हुन् करिश्मा।  पछिल्लो समय फिल्ममा काम पाउन छाडेसँगै उनको पारिवारिक जीवन झनै किचलो तर्फ अघि बढेको छ  ।

हाल उनको जीवनमा नयाँ मोड आएको छ बलिउड अभिनेत्री करिश्मा कपूर २९ सेप्टेम्बर २००३ मा बिजनेसम्यान संजय कपूरसँग दोस्रो श्रीमतीका रुपमा भित्रिएकी थिईन् । दुई बच्चा भइसकेपछि सन् २०१२ मा उनीहरु अलग भएका थिए । श्रीमानसँग अलग भएपछि करिश्मा आमासँगै मुम्बाईमा बस्न थालिन् । यता सञ्जय कपूर भने दुई बच्चा भएकी महिलासँग बस्दै आएको आरोप करिश्माले लगाउँदै आएकी छिन् ।
एक भारतीय अनलाईन पत्रिकाका अनुसार करिश्माले आफूसँग पैसाकालागि विवाह गरेको र आफूलाई अन्डरवल्ड डनबाट ज्यान मार्ने धम्की आएको सञ्जय कपूरले बताएका छन् ।

karisma kappur33

सन् २०१५ देखि फेमिली कोर्टमा चल्दै आएको उनीहरुको मुद्धामा अब करिश्मा कपूरले आफू सञ्जयकी आमा रानी सुरिन्दर कपूरबाट दाइजो प्रताडना भोग्नु परेको भन्दै अर्को मुद्धापनि पेश गरेको समाचारमा उल्लेख छ ।

LIVE TV