१६ फाल्गुन २०७२, आईतवार

काठमाडौँ , संसद सचिवालयको मूलगेटमा शनिवजार ठूलो ताला झुन्ड्याइएको थियो। न कर्मचारीको आवतजावत, न त मर्यादापालको चहलपहल। सार्वजनिक विदाको दिन संसद सचिवालय नखुल्दा सिंहदरबार नै चकमन्न थियो। अन्नपूर्ण पोस्टमा समाचार छ।

onsari_gharti
सभामुख ओनसरी घर्तीमगरले अबदेखि सार्वजनिक विदाको दिन सचिवालय नखोल्न निर्देशन दिएपछि शनिवार पहिलोपटक संसद सचिवालय बन्द गरिएको थियो।
केही काम नभए पनि खानाभत्ताको लोभमा कर्मचारी सार्वजनिक बिदाको दिन आउने र सरकारी स्रोतको दुरुपयोग गर्न थालेपछि सभामुखले नखोल्न निर्देशन दिनु भएको हो, सभामुख निकट स्रोतले भन्यो।’
सार्वजनिक बिदाका दिन संसद सचिवालयका कर्मचारीले ७ सय रुपैयाँ खाजाभत्ता पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV