
काठमाडौं । बाजुरा सदरमुकाम मार्तडीस्थित जनप्रकाश प्रावि रुतुडामा कार्यरत शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय जाँदैनन् ।शिक्षिकाहरु अनुपस्थित भएका दिन छात्र छात्रालाई पनि विनापढाई घर फर्काइने गरिएको राजधानी दैनिकमा समाचार छ ।
जनप्रशासन प्राथपमक विद्यालयको हातामा रतुडा देवताको मन्दिर छ । महिनावारी भएको महिलाले मन्दिर नजिक जानुहुँदैन भन्ने सामाजिक मान्यताका कारण शिक्षिकालाई गाउँ समाचजले नै विद्यालय जान रोक लगाएको हो ।
‘शिक्षिकाहरु हरेक महिना चार दिन गयल हुन्छन्’ विद्यालयका अभिभावक धनबहादुर अयडीले भने, ‘उनीहरु विद्यालय नआएको दिन बालबालिकालाई घर फर्काउनुपर्छ ।’ महिनावारी भएकाले विद्यालय क्षेत्रमा आए देउता रिसाउँछन् भन्ने मान्यताले यस्तो समस्य रहेको अयडी बताउँछन् ।