१६ फाल्गुन २०७२, आईतवार

काठमाडौं । संस्थापन पक्षबाट नेतृत्वका लागि साझा उम्मेदवार चयन गर्न महाभारत भइरहेका बेला अर्को पक्षका निर्विकल्प उम्मेदवार शेरबहादुर देउवा अझै शक्तिशाली बन्न लागिपरेका छन् । आजको समाचारपत्र दैनिकमा समाचार छ ।

Sher_Bdr_Deuba

संस्थापन पक्षका असन्तुष्ट नेताहरुलाई समेट्न देउवापक्षका नेताहरु लचकता देखाउन लागेका छन् ।कांग्रेसभित्र ६०र४० को भागबण्डाको राजनीति भइरहे पनि संस्थापन पक्षभित्र असन्तुष्टि बढी भएपछि यसको फाइदा देउवा पक्षले उठाउन लागेको हो । महाधिवेशन सुरु हुने मिति नजिकिसके पनि संस्थापन पक्षले नेतृत्वका लागि अझै साझा उम्मेदवार तय गर्न सकेको छैन ।

संस्थापन पक्षका असन्तुष्ट रहेका अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मालगायतका नेताहरु देउवा खेमामा गई ‘क्याम्पेनिङ’ शुरु गरिसेका छन् ।देउवा पक्षले संस्थापन पक्षका भनिएका गोविन्दराज जोशी, सुर्यमान गुरुङ, विनयध्वज चन्द श्याम घिमिरेका साथै कुलबहादुरु गुरुङलाई समेत आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV