१६ फाल्गुन २०७२, आईतवार

काठमाडौं । यौनसम्पर्क गर्न नमानेपछि बारामा एक युवतीको हत्या प्रयास भएको छ ।घर नजिकैको खेतमा शौच गर्न गएकी एक युवतीले यौन सम्पर्क गर्न नमोनपछि महागढीमनाई नगरपापलिका ६ बबुआइनका २२ वर्षीय बीके चौरसियाले धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको  राजधानी दैनिकमा समाचार छ ।

uu

शुक्रबार राति एक्लै शौच गर्न गएको मौका छोपी युवकले जबरजस्ती करणी गर्न खोजेका थिए । तर प्रतिरोध गर्दै करउन थालेपछि चौरासियाले धारिलो हतियार प्रयोग गरी दुबै गाला नै काटिदिएका छन ।

यौन सम्पर्क गर्न नमानेपछि यी युवककले धारिलो हतियार प्रयोग गरी दुबै गाला कटिदिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता प्रहरी नायक उपरीक्षक बिनोद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV