१६ फाल्गुन २०७२, आईतवार

काठमाडौं–सरकारले अमेरिकामा नेपाली गार्मेन्ट उत्पादनलाई भन्सार छुट दिएकामा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आभार प्रकट गरेको छ । सरकारले नेपाली गार्मेन्ट उत्पादनलाई भन्सार छुट दिलाउन लगातार लागिपरेका अमेरिकी सिनेटर तथा सुभेच्छुकहरुलाई समेत धन्यवाद दिएको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

ssss

अमेरिकाको लागि नेपाली राजदूत डा। अर्जुनकुमार कार्कीले विज्ञप्ती नै जारी गरेर लामो समयदेखि नेपालको पक्षमा लविङ गरिदिने कंग्रेस, सिनेटर, निजी क्षेत्र, तथा र भन्सार छुट दिने विधेयकमा स्वीकृति दिएकामा राष्ट्रपति ओवामालाई सरकारले आभार प्रकट गरेको जनाएका छन् । ६६ नेपाली उत्पादनलाई भन्सार छुट दिने निर्णयको स्वागत गर्दै दूतावासले सरकारको तर्फबाट धन्यवाद दिएको हो ।

अमेरिकी राष्ट्रपति ओबामाले नेपाललाई विशेष सुविधा दिने गरी बनेको ट्रेड प्रेफरेन्सेस कानुनमा हस्ताक्षर गरेकै भोलीपल्टै स्वागत गर्दै धन्यवाद समेत दिइएको राजदूत कार्कीले बताए । अमेरिकाले दिएको सुविधाले नेपालमा रोजगारीको अवसरमा समेत वृद्धि हुने बताउदै उनले भने, ’लामो आन्तरिक राजनीतिक संक्रमण, भुकम्प, सीमा अवरोधले थिलो थिलो नेपाली आर्थिक क्षेत्रको उकास्न यसबाट सहजता मिलेको छ । काम गर्न उत्साह मिलेको छ ।’

LIVE TV