१६ फाल्गुन २०७२, आईतवार

दोलखा–माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अवरुद्व गरेर सरकारी निकायले नै ऊर्जा संकटकाललाई लत्याएका छन् । वन मन्त्रालयअत्र्गतका वन विभाग र निकुञ्ज तथा आरक्षण विभागले अनुमति नदिएपछि वन क्षेत्रमा प्रसारण लाइन निर्माण हुन नसकेको हो ।  कारोबार दैनिकमा खबर छ ।

 

doo

१० वर्षमा १० हजार मेगावट जलविद्युत उत्पादन गरी ऊर्जा संकट निवारण गर्ने भन्दै सरकारले १ साताअघि ऊर्जा संकटकाल घोषणा गरेको छ । ४५६ मेगावटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले प्रसारण लाइन निर्माणका लागि वन विभाग र निकुञ्ज विभागअन्तर्गत गौरीशंकर संरक्षण आयोजनामा २ वर्षदेखि अनुमति माग गर्दै आएपनि अहिलेसम्म प्राप्त गर्न सकेको छैन् । वनबाट अनुमति पाउनु ‘फलामको चिउरा चपाउनुसरह’ भएको आयोजनाका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV