१६ फाल्गुन २०७२, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गर्ने तयारीसँगै निकट नेतामा असन्तुष्टि बढेको छ ।

 

de

पौडेल र देउवाको प्यानबाटपदाधिकारीमा आकांक्षासहित सूचीमा पर्नेमा निश्चित रहेका दवैतर्फका नेता चाहनाविपरीत प्यान बन्न लागेको प्रति असन्तुष्ट रहेको नागरिक दैनिकमा समाचार छ ।

कार्यवाहक सभापति पौडेलले महामन्त्री सिंहलाई उपसभापति र बिपीपुत्र शशांक कोइरालालाई महामन्त्रीको प्रतयाशी बनाउने आन्तरिक तयारीपछि अर्का महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला असन्तुष्ट छन् ।पार्टी बहुपदमा गए महिला उपसभापतिमा चित्त बुझाउने पक्षमा रहेकी नेतृ सुजाताले शनिबार सभापतिको प्रत्यासी बन्ने दोहोर्‍याएकी छिन् ।

उता, वरिष्ठ नेता देउवाभित्रको असन्तुष्टि पनि बाहिर आउन थालेको छ । देउवा सभापति बन्ने सर्तमा व्यक्तिगत आकांक्षलाई प्राथमिकतामा नराखे पनि कमजोर व्यक्तिलाई महामन्त्रीको प्रत्यासी बनाउन लागेको भन्दै निकटहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।नेता अर्जुननरसिंह केसीलाई देउवाले महामन्त्रीको प्रत्याशी बनाउन लागिपरेको अन्य आकांक्षीको गुनासो छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV