१५ फाल्गुन २०७२, शनिबार

बुटवल, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीमा प्राकृतिक चिकित्सा केन्द्र बहिरङ्ग भवनको आज शिलान्यास गर्नुभएको छ ।

cy{dGqL kf}8]n–lgb]{zg
gjlgo'Qm cy{dGqL lji0'f kf}8]n cfˆgf] dGqfno dftxtsf sd{rf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;;
सैनामैना नगरपालिका वडा नं १ वनकट्टामा स्थापना हुने केन्द्रको बहिरङ्ग भवन दुई तलाको हुने र रु १४ करोडको लागतमा दुई वर्षभित्र निर्माण गरिने लक्ष्य राखिएको छ । सो केन्द्रका लागि हालसम्म समुदायस्तरबाट रकम सङ्कलन गरी काम गरिएको छ । केन्द्रले प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने र त्यसमा योग, ध्यान, व्यायाम लगायत सेवा सञ्चालन गरिने छ ।

सो अवसरमा मन्त्री पौडेलले चिकित्सा केन्द्रका लागि सरकारका तर्फबाट आवश्यक सहयोग हुने जानकारी दिनुभयो । त्यस अवसरमा केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराईले संस्थाका बारेमा जानकारी गराउनुभएको थियो । रासस

 

LIVE TV