१५ फाल्गुन २०७२, शनिबार

आन्दोलन गरेर थाकेका मधेसवादी दलका नेता तथा कार्यकर्ता नेकपा एमालेमा आउन थालेका छन ।

यसैक्रममा संघीय समाजवादी फोरम नेपालका नेताहरू एमालेमा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम नेपाल भोजपुरका जिल्लास्तरीय नेतामध्येका जिल्ला सदस्य तिर्थ कुमार राई र उद्धब राई एमालेमा आएका हुन् ।

Uml-uddab-Rai

एमालेले तराईमा चलाएको जागरण अभियानबाट प्रभावित भएर उनीहरु पार्टीमा समावेश भएका हुन् ।

संघीय समाजवादी फोरम नेपालले आफूहरुले सोचेजस्तो काम नगरेकोले पुरानै घरमा फर्किएको उनीहरुले बताए । तिर्थ कुमार राई शनिबार ६ नम्बर इलाका मानेडाँडामा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।

यसअघि एमालेमै सक्रिय दुबै जना अशोक राईसँगै संघीयमा सुरुदेखी नै लागेका थिए । अन्य नेताहरू पनि ठूलो संख्यामा एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उद्धब राईले बताए ।

 

LIVE TV