१५ फाल्गुन २०७२, शनिबार

बहुचर्चित बहुउद्देश्यीय पञ्चेश्वर जलविद्युत् आयोजनाको बैठक यहि फागुन तेस्रो साता बस्ने भएको छ ।

आयोजना निर्माणका लागी गठन भएको नेपाल भारतका अधिकारीहरु सम्मिलित पञ्चेश्वर विकास प्राधिकरणको यही फागुन २० र २१ गते बस्ने बैठकले परियोजना निर्माणको प्रक्रियावारे थप छलफल अघि बढाउने बताइएको छ ।

hydro.

यसअघि प्राधिकरणको बैठक पटक पटक स्थगित हुदै आएको थियो । नेपाल, भारत ऊर्जा सचिवस्तरीय अबको बैठकमा परामर्शदाता कोषले तयार गरिरहेको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)को कार्यप्रगति, बजेट र प्राधिकरणको संरचनागत स्वरुपका विषयमा छलफल गरिने कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओली भारत भ्रमणका समयमा समकक्षी नरेन्द्र मोदी र भारतीय ऊर्जा राज्यमन्त्री पियूस गोयलसँगको भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजना अगाडि बढाउने सहमति भएको ऊर्जा सचिव सुमनप्रसाद शर्माले जानकारी दिनुभयो । संचारकर्मीसंग आज कुरा गर्दै सचिव शर्माले सो आयोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा द्विपक्षीय छलफल भएको र आगमी बैठकले निश्कर्ष निकाल्ने उल्लेख गर्नुभयो ।

कुल ६ हजार ६ सय ९० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने भनिएको सो आयोजना सम्भाव्यता अध्यन भएको २३ बर्ष पुग्दा समेत अघि बढ्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV