१५ फाल्गुन २०७२, शनिबार

मुगु,आफनै लोग्नेले घर बस्न नदिई घर निकाला गरेपछि  मर्नु भन्दा भारत जाने सोंच बनाएर पाँच छोरा छोरी बोकेर हिडेकी मुगु रोवा गाबिस गाँडेपानीकी पार्वती बडुवालको अहिले बालबच्चा सहित भोकभोकै छिन् । भारत हिडेकी उनलाई आफन्तले सम्झाएर बाटोबाट त फर्काए तर परिवारसंग पुनर्मिलन नगराई त्यतिकै छोडिदिदा अहिले उनी सदरमुकाम गमगढीमा विचल्ली बनेर दैनिकी टारिरहेकी छिन् ।

alholkal

उनले १६ बर्ष अगाडि रामबहादुर बडुवालसंग विवाह गरेपछि तीन छोरा तीन छोरी जन्माईन । पति रामबहादुरले दैनिक कुटपिट गर्ने गरेको र फागुन १३ गते बिहान घर निकाला गरेपछि उनि जेठो छोरा बाहेक अरु पाँच जना छोराछोरीका साथ भारत जान खोज्दा बाटोमा भेट्टिएका आफन्तले सम्झाएर फर्काई सदरमुकाममा ल्याएको  भएपनि अहिले उनिहरु सबैको विचल्ली बनेको छ ।

दैनिक मदिरा सेवन गरेर आफुलाई कुटपिट गर्ने गरेपछि धेरै पटक आत्महत्या गर्ने सोच बनाए पनि  छोराछोरी भविष्यलाई ध्यानमा राखेर आत्महत्याको सोंच त्यागेकी पार्वतीलाई अहिले आफ्नो सन्तानको भविष्यले झनै पोल्ने गरेको छ । सदरमुकाम स्थित महिला बिकास कार्यालयमा भेटिएकी पार्वतीसंग अहिले आँशु बाहेक केही पनि छैन ।

पार्वतीले प्रहरी समक्ष मौखिक खबर गरेपछि पीडक पति रामबहादुरलाई प्रहरीले व्यापक खोजी गरिरहे पनि फेला पार्न भने सकेको छैन । पार्वतीलाई स्थानीयको सहयोगमा आफनै घरमा बस्ने बातावरण मिलाउनका लागि प्रहरी लागिपरेको प्रहरी नायब निरीक्षक सोम थापाले बताउनु भयो ।

महिला तथा बालबालिका कार्यालय मुगुमा आफ्नो र ६ सन्तानको लागि राहतको व्यवस्था गरिदिन पार्वतीले निवेदन दिएपनि कुनै पहल भएको छैन । यद्दपि महिला तथा बालबालिका कार्यालय प्रमुख हसिना पराजुलीले आईतबार सम्म केही व्यवस्था गर्ने आश्वासन दिनुभएको छ । मुगुमा महिलामाथि हुने हिंसा विरुद्ध काम गर्ने बिभिन्न संघसंस्था भएपनि वडुवालको बारे सबै मौन देखिनु दुःखद पक्ष बनेको छ ।

 

 

LIVE TV