१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, यही फागुन २४– २६ गते नेपालमै पहिलो पटक योगोत्सव हुने भएको छ ।

yogaa

विश्व योग उत्सव मूल समारोह समितिले आज यहाँ पत्रकार सम्मेलन गरी मानिसलाई विभिन्न किसिमका तनावबाट मुक्त गराउनका लागि यस किसिमको उत्सव गर्न लागिएको जानकारी गराएको हो । निःशुल्क रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्न लागिएको उत्सवमा एक हजार जनालाई समावेश गराइने कार्यक्रम संयोजक योगी प्रकाशले जानकारी दिनुभयो ।

उत्सव बिहान ५ देखि साँझ ५ बजेसम्म सञ्चालनमा रहने छ । कार्यक्रममा नेपालका साथै युरोप र अमेरिकाबाट समेत योगगुरुहरुको सहभागिता रहने जनाइएको छ । मानव जीवनलाई भौतिक र आध्यात्मिक रुपमा सहज तरिकाबाट बुझाउन प्रयास गर्नु उत्सवको मुख्य उद्देश्य हुने जनाइएको छ । रासस

 

LIVE TV