१५ फाल्गुन २०७२, शनिबार

लामो समय देखि तराई केन्द्रित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसमा जारी आन्दोलनलाई देशब्यापी बनाउने तयारी शुरु गरेको छ ।

madheshi-morcha1-300x164

केहि समय अघि देखि काठमांडू आएर बार्ता गरेको मोर्चाको बैठकले हिमाल, पहाड र तराई सबै क्षेत्रमा आदिवासी जनजाती र दलित समूदायलाई समेत समेटेर आन्दोलन गर्ने निर्णय गरेको हो ।

काठमांडू स्थित संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तिनकुनेमा बसेको मोर्चाको बैठकले पटक पटक वार्ता भएपनि सरकार मधेशी मोर्चाका माग सम्बोधन गर्न उदासिन रहेको निष्कर्ष समेत निकालेको छ ।

देशका सबै  स्थानमा नाकाबन्दी हटेको लामो समयसम्म पनि इन्धन आपुर्ती सहज गर्न नसक्नुमा राज्यको खोट भएको भन्दै मोर्चाले आपत्ति जनाएको छ । नाकाबाट पर्याप्त मात्रामा इन्धन भित्रिएको भएपनि कालोबजारीलाई सहयोग गर्न सरकारले कृत्रिम अभाव सृजना गरेको मोर्चाको आरोप लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV