१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

sujata-koirala.jpg2_
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसलाई समाप्त पार्न अहिले पार्टीभित्र र बाहिरबाट विभिन्न व्यक्ति र शक्ति क्रियाशील छन् भन्दै पार्टी बचाउन आफूले उम्मेदवारी दिन लागेको प्रस्ट पार्नुभयो ।

नेत्री कोइरालाले आफूले देशभर भ्रमण गर्दा अधिकांश कार्यकर्ता तथा महिला समुदायले नेतृत्व लिन आफूलाई दबाब दिएको उल्लेख गर्दै मुलुकको विकासका लागि महिला र युवा समुदायलाई सशक्त रुपमा राज्यको मूलधारमा ल्याउन आफूसँग योजना रहेको जानकारी दिनुभयो ।

पार्टी विदेश विभाग प्रमुख कोइरालाले आफूले अन्तर्राष्ट्रिय तहमा पार्टीलाई विस्तार एवम् प्रवद्र्धन गरेको बताउँदै आफ्नो अनुभवले पार्टीलाई नयाँ दृष्टिकोण दिएर मुलुकलाई विकास तथा समृद्धिमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको राजनीतिक विकास क्रममा कोइराला परिवारले गरेको योगदानलाई सही अर्थमा बुझ्न र आफ्नो उम्मेदवारीलाई कोइराला परिवारको उत्तराधिकारीका रुपमा लिन आग्रह गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV