१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, सार्वजनिकस्थलमा स्वाइँस्वाइँ चुरोट तानेर फु गर्दै धुवाँ उडाउने १७ जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ ।

smoking-acne
प्रहरी प्रभाग कोटेश्वरले धूमपान नियन्त्रण अभियान अन्तर्गत सडक, चोक र सार्वजनिक स्थानमा धूमपान गर्नेलाई पक्राउ गर्ने अभियानलाई शुक्रबारदेखि तीव्र पारेको हो । शुक्रबार मात्रै कोटेश्वर क्षेत्रबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी सहायक निरीक्षक जीवन खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई रु १०० जरिवाना गरिनाका साथै आइन्दा सार्वजनिकस्थलमा धूमपान नगर्न सम्झाइबुझाइ गरी छाडिएको थियो । नेपाल प्रहरीले मुलुकभर नै यो अभियान सुरु गरेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV