१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, नेपाली काँग्रेस काठमाडौँको १३औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज पदभार हस्तान्तरण गरिएको छ ।

13 Nepali-congress
काठमाडौँ काँग्रेसको कार्यालय ज्ञानेश्वरमा आज आयोजित कार्यक्रममा नवनिर्वाचित सभापति सबुज बानियाँले पूर्वसभापति भीमसेनदास प्रधानबाट पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि सभापति बानियाँले काठमाडौँ काँग्रेसलाई नयाँ नीतिबाट अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो । “नाता र नेताका आधारमा होइन अब नीतिका आधारमा काँग्रेस चलाउनुपर्छ भन्ने कार्यकर्ताको मागका आधारमा काठमाडौँ काँग्रेस चल्छ” – उहाँले भन्नुभयो ।

पूर्वसभापति प्रधानले नेतृत्व लिनले सबैलाई मिलाएर लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित सचिव राजकुमार नकर्मी र कोषाध्यक्ष गोविन्द पुडासैनीले पनि पदभार ग्रहण गर्नुभएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV