
बिराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा साविकको विजेता झापा ११ लाई १-० ले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।
स्थानीय सहिद रंगशालामा भएको खेलमा पुलिसका लागि ८७ औं मिनेटमा भरत साहले निर्णायक गोल गरेका थिए ।